आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Aug 03, 2019
पूँजी बजारमा चासो
खस्यौली, साउन १८ रुपन्देहीस्थित बुटवलमा पूँजी बजारका विषयमा चिकित्सकले पनि चासो देखाउन थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनी र लगानी स्कुलको संयुक्त आयोजनामा आज भएको शेयर बजार अभिमुखीकरणमा मेडिटेक अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा विकास भण्डारी सहभागी हुनुभएको छ । “मैले मेरो पेशाबाट आम्दानी गरेको रकम शेयर बजारमा लगानी गर्न चाहन्छु” उहाँले भन्नुभयो । उहाँले शेयर बजारमा प्रवेश गर्नुपूर्व बुझेर मात्रै लगानी गर्नुपर्छ भन्ने मान्यता भएकाले अभिमुखीकरणमा सहभागी भएको उल्लेख गर्दै शेयर बजारको आधारभूत कुरा सिक्दै छु भन्नुभयो । चिकित्सक बाहेक, प्राध्यापक, इञ्जिनीयर, गृहणीलगायतका क्षेत्रबाट पूँजी बजारका बारेमा चासो राख्ने कार्यक्रममा सहभागी छन् । कम्पनी र लगानी स्कुलले आयोजना गरेको यो ८आँै कार्यक्रम हो । खासगरी यो अभिमुखीकरणमा नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, कैलाली, बर्दियालगायतका जिल्लाबाट ५१ जना सहभागी छन् । शेयर लगानीकर्ता सङ्घका केन्द्रीय सदस्य मुकुन्द भट्टराइले प्रदेश नं ५, ६ र ७ मा शेयर बजारको सम्भावना भएकाले यी प्रदेशमा शेयर शिक्षा अनिवार्य भएको बताउनुभयो । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले प्रदेश नं ५ मा भिन्दै ब्रोकर लाइसेन्स खुलाउन माग गर्दै शेयर शिक्षा लिएर प्रवेश गर्नेहरु जिरोबाट हिरोे हुन्छन् भन्नुभयो । नेपाल पूँजी बजार लगानीकर्ता सङ्घका प्रदेश सह–संयोजक सूर्य पाण्डेले प्रदेशमा लगानी सम्मेलन हुने सन्दर्भमा बुटवलमा शेयर बजारको ज्ञानले अर्थतन्त्रको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ५ लगानीकर्ता फोरमका उपाध्यक्ष गोपीराज भुसालले प्रदेशभरीका १२ जिल्लामा नै शेयर शिक्षा आवश्यक भएको बताउनुभयो । सो अभिमुखिकरणमा सन्तोषराज बजगाईंले सहजीकरण गर्नुभएको थियो । बुटवलमा ५ र भैरहवामा १ गरी ६ ब्रोकर कार्यालय छन् जहाँ दैनिक रु एक करोडको कारोवार हुदैंआएको छ । ––––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video