आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Jul 31, 2019
धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै
काठमाडौँ, साउन  १५ धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने औशत नै रह्यो । स्टकका अनुसार आज १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये विकास बैंकको शेयर ०.८४ अङ्कले ओरालो लाग्यो । स्टकका अनुसार बैंकिङ २.०३, व्यापार ३.२२, होटल ५.७३, जलविद्युत् ०.१७, वित्त २.२२, निर्जीवन बीमा ५३.९६, उत्पादन १३.३२, अन्य २.२८, लघुवित्त ५२.४५, जीवन बीमा ४६.५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले वृद्धि भएको छ । कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ८४ लाख २० हजार ७२२ मा खरीद बिक्री भए । कृषि विकास बैंकको शेयर रु एक करोड ८३ लाख ८५ हजार ७१९, प्रभु बैंक रु एक करोड ५० लाख १२ हजार ५२, युनाइटेड इन्स्योरेन्स कम्पनी रु एक करोड ३८ लाख ४२ हजार ३६५ र शिवम् सिमेन्टको शेयर रु एक करोड २७ लाख ९३ हजार ४६० मा खरीद बिक्री भए । बढेको बजारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए । त्यसैगरी राधी विद्युत् कम्पनीका शेयरधनीले ३.९२, सिर्जना फाइनान्स ३.७७, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २.०२ र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीले १.८८ प्रतिशतले गुमाए । सिभिल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १०÷१० प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्था ९.९९ तथा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९५÷९.९५ प्रतिशतले गुमाए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video