बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Jul 30, 2019
डिएपी मल वितरण शुरु
लहान, साउन  १४ सिरहाको लहानस्थित साल्ट ट्रेडिङ कर्पाेरेशनले आजदेखि डिएपी मल वितरण शुरु गरेको छ । मलखादको प्रमुख बिक्रेता कृषि सामग्री कम्पनी कार्यालय लहानमा डिएपी मल आभाव रहेका बेला साल्ट ट्रेडिङले मल वितरण शुरु गरेको हो । सिरहामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत रासायनिक मलखाद बिक्री वितरण गर्ने गरेका छन् । केन्द्रबाट जम्मा ३४ टन मात्र डिएपी मल आयात गरिएको छ । साल्ट ट्रेडिङ लहानका प्रमुख जीतेन्द्र साहका अनुसार धान रोपाइँको बेला डिएपी मलको माग अत्यधिक छ । धान रोपाइँमा व्यस्त रहेका किसान कृषि सामग्री कम्पनीमा डिएपी मल नआउँदा समस्यामा छन् । लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिनुभयो । सिरहामा ३० हजार बोरा डिएपी मल चाहिएकामा हाल कृषि सामग्री कम्पनीको गोदाम रित्तो छ । युरिया भने पर्याप्त रहेको चौलागाईंको भनाइ छ । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भए पनि मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा धाउने गरे पनि मल नपाएपछि निराश भएर किसान फर्कने गरेका छन् । मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानलाई चिन्ता छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video