वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने  |  नेपालमा पाँचहजारलाई कोरोना सक्रमण हुन सक्ने सरकारी अनुमान, सङ्क्रमितलाई पुग्ने स्वास्थ्य सामग्रीको व्यवस्था  |  थप सात जना सङ्क्रमित थपिए, २५ जना घर फिर्ता  |  शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला  |  विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद  |  रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध  |  दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै  |  प्रधानमन्त्री ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री पौडेल  |  मदिरा र सुर्तीमा कर बढाउनुस् : समिति  |  महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला
अर्थतन्त्र/सेयरबजार
Jul 22, 2019
जापानद्वारा रु ६३ अर्ब ९९ करोड अनुदान
काठमाडौँ, साउन ६ जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । आजै ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भए पनि सहयोग गर्न पाएकामा जापान गौरव गर्छ भन्नुुभयो । अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video