आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Jul 22, 2019
आठ अर्ब राजश्व बढी
चितवन, साउन ६ आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको रु ३५ करोड राजश्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजश्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी अन्तशुल्कको छ । अन्तशुल्कमा रु २६ अर्ब दुई करोड ७४ लाख ९९ हजार सङ्कलन भएको छ । त्यसैगरी आयकर रु दुई अर्ब २१ करोड ३४ लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ५७ करोड ८६ लाख ३१ हजार, ब्याज करतर्फ रु १० करोड ३९ लाख तीन हजार, वहाल करतर्फ रु पाँच करोड ९३ लाख ४९ हजार राजश्व सङ्कलन भएको छ । यस्तै स्वास्थ्य सेवा करतर्फ रु तीन करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क रु एक करोड २७ लाख ११ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयलाई विभागले तोकेको लक्ष्य पूरा गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले कार्यालयलाई रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार राजश्व सङ्कलनको लक्ष्य तोकेको थियो । उहाँका अनुसार विभागले तोकेको लक्ष्य प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, करदाता शिक्षा कार्यक्रमलाई गाउँ÷गाउँमा पु¥याउने, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने, कर दातालाई कर दाखिला गराउनका लागि पटक÷पटक ताकेता गर्ने लगायतका काम गरिएको थियो । कार्यालयका प्रमुख सुवप्रसाद रिजालले उद्योगी, व्यवसायी, करदाता, उद्योग वाणीज्य सङ्घ, उद्योग सङ्घ, कर्मचारीलगायतको सामूहिक प्रयासका कारण लक्ष्य अनुसार कर सङ्कलन गर्न सकिएको बताउनुभयो । मन्त्रालय र विभागबाट भएको सकारात्मक सहयोगले पनि कर्मचारीमा थपिएको ऊर्जाले लक्ष्यमा पुग्न सकिएको उहाँको भनाइ थियो । कार्यालयमा हाल आयकरतर्फ ५३ हजार ५३३, मूल्य अभिवृद्धि कर तर्फ आठ हजार ४५९, अन्तशुल्क तर्फ रु पाँच हजार १०३ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४३ हजार ४८३ करदाता रहेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video