भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि  |  दुग्ध बिकास संस्थानद्धारा ठुलो संख्यामा कर्मचारी माग, यसरी गर्नुहोस आवेदन (विज्ञापन सहित)  |  घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जनालाई पक्राउ  |  दुई उम्मेदवार विरुद्ध उजुरी  |  उपनिर्वाचन २०७६ : निर्वाचनको गतिविधि तीव्र  |  आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२५ शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने
अर्थतन्त्र/सेयरबजार
Jul 19, 2019
मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम
भद्रपुर, साउन ३ मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताउनुभयो । भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व सङ्कलन हुने लक्ष्य राखेको थियो । उक्त आवमा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार मात्र राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताउनुभयो । यो रकम लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो । भन्सारले गत अघिल्लो वर्ष २०७४÷७५ को तुलनामा भने राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार अघिल्लो वर्षको लक्ष्य नौ अर्ब २० करोड ९१ लाख ४१ हजार रहेको थियो भने रु नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो । भन्सार अधिकृत अर्यालले गत वर्षको तुलनामा राजश्व वृद्धि भएको बताउँदै भन्नुभयो, “पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, क्लिङ्कर, टायल्सलगायतका सामग्रीमा कमी हुँदा गत आर्थिक वर्षको राजश्व प्रभावित भएको हो ।” –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video