आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Jul 11, 2019
अर्थ विधेयक पारित
धनगढी, असार २६ सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ पारित गरिएको छ । यसैगरी आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पनि बैठकले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठकमा उक्त प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि आगामी आवको बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री बोहराले कमीकमजोरी सुधार गर्दै बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयोे । अनियमितता र भ्रष्टाचार गरेको प्रमाण फेला परे जो कोहीलाई कारवाही गर्न सरकार पछि नहट्ने मन्त्री बोहराले प्रतिबद्धता व्यक्त गर्नुभयो । समानुपातिक सदस्यहरुलाई बजेट विनियोजन गर्दा विभेद गरिएको गुनासोबारे उहाँले सबैलाई न्याय दिन कुनै कञ्जुस्याइँ नगरिने र यसका लागि कार्यविधि परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो । प्रदेश सरकारले ल्याएको अगामी आवको बजेटबारे सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि राखेका थिए । बैठकको प्रारम्भमा समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शान्ति नेपालीले भारतको बैङ्लोरमा बझाङको थलारा गाउँपालिका—२ का नारायणबहादुर खड्का, उहाँकी श्रीमती निर्मला र छोरी अनुष्काको घर भत्किँदा च्यापिएर निधन भएकाले मृतकका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि आज बिहान बसेको प्रदेशसभाको बैठकमा आगामी आवको वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथिको बाँकी छलफल सकिएको थियो । प्रदेश सरकारले आगामी आवका लागि असार १ गते रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते अपराह्न ३ बजे बस्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video