आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Jul 09, 2019
शेयर बजारः परिसूचक बढ्यो
काठमाडौं,असार  २४ धितोपत्र बजारमा साताको शुरुआतदेखि नै ओरालो लागेको कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लागेको छ । उतारचढावका बीच आज नेप्से परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो । त्यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.२७ अङ्कले बढेर २६९.०६ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार आज १६५ कम्पनीका १६ लाख सात हजार ६७२ कित्ता शेयर रु ४६ करोड ८२ लाख ६३ हजार ७७० मा खरीद–बिक्री भए । कारोवार भएका ११ मध्ये सात उपसमूहको शेयर मात्र बढेको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ । बैंक ३.८७, विकास बैंक ४.१८, जलविद्युत् २.२४, वित्त ४.९४, उत्पादन ३.०८, अन्य १.२६ र जीवन बीमा २४.१२ अङ्कले बढ्दा होटल ५.६४, निर्जीवन बीमा ३७.०५, लघुवित्त ०.४१ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटे । स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको छ करोड दुई लाख ९८ हजार ९४ रुपैँया ३० पैसामा कारोवार भयो । यस्तै लक्ष्मी बैंकको रु चार करोड १३ लाख ३५ हजार २७७, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६८ लाख ११ हजार ८५३, एनआइसी एशिया बैंकको रु एक करोड ८९ लाख ५८ हजार ४२९ र मेगा बैंक नेपालको शेयर रु एक करोड ७० लाख ८८ हजार ९३० मा खरीद बिक्री भए । परिसूचक बढे पनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.२८ प्रशितले गुमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले ३.९२, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी ३.८४, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४ र एभरेष्ट इन्सुरेन्स कम्पनीका शेयरधनीले २.९६ प्रतिशतले गुमाए । इन्फिनिटी लघुवित्त वित्तीय लिमिटेडका शेयरधनीले ९.८५, मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड ८.००, राधी विद्युत् कम्पनी ७.१४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.९५ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले कमाए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video