भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि  |  दुग्ध बिकास संस्थानद्धारा ठुलो संख्यामा कर्मचारी माग, यसरी गर्नुहोस आवेदन (विज्ञापन सहित)  |  घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जनालाई पक्राउ  |  दुई उम्मेदवार विरुद्ध उजुरी  |  उपनिर्वाचन २०७६ : निर्वाचनको गतिविधि तीव्र  |  आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२५ शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने
अर्थतन्त्र/सेयरबजार
Jul 08, 2019
सबैको लघुवित्तको साधारण शेयर बिक्री हुँदै
काठमाडौँ, असार २३ पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ । यही क्रममा आगामी साउन १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि रु पाँच करोड ३० लाख बराबरको पाँच लाख ३० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको उल्लेख गरेको छ । आह्वानपत्र अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी साउन ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई आठ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षित गरिएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम दुई हजार कित्तासम्म आवेदन दिन पाइने छ । यसैबीच सहयोगी विकास बैंकको शेयर कारोवार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेशनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो । आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको छ । दुई संस्था गाभिएर एकीकृत कारोवार नहुँदासम्म शेयर कारोवार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिनुभयो । यस्तै स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर लाभांश सूचीकृत भएको छ । कूल तीन लाख २३ हजार १९० कित्ता शेयर लाभांश सूचीकृत भएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video