आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Jul 08, 2019
लागुऔषधसहित तीन युवक पक्राउ
लहान,असार २३ प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ निवासी २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । यस्तै प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी २० वर्षीय खेमराज विकलाई पक्राउ गरेको छ । बरियारपट्टीबाट बा२ख नंको यात्रुवाहक बसमा यात्रा गरिरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा विकको साथबाट लागुऔषध नरफिङ नाम लेखिएको आठ थान, फेनरागन नौ थान, डाइजोपाम आठ थान, सिरिन्ज निडिल दुई थान, हुक्का एक थान बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले सिरहा नगरपालिका–१५ बाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा रु २५ हजारभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video