बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
राजनीति
Jul 05, 2019
सहमति भए नेतृत्वको दाबी गर्दिन ः वरिष्ठ नेता पौडेल
चितवन, असार २० नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताउनुभयो । पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उहाँले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिनुभयो । पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभयो । काङ्ग्रेसलाई बलियो बनाउन तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो । सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब काङ्ग्रेस तयार हुनुपर्छ ।” जनताको अगाडि भरोसाका रुपमा काङ्ग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उहाँले गणितले केही पनि गर्दैन भन्नुभयो । पौडेलले भन्नुभयो, “नेपाली काङ्ग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अङ्क गणितले असर पार्दैन ।” सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video