केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
स्थानीय सरकार
May 03, 2019
प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त
रुपन्देही,  वैशाख  २०  : प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा अर्थविज्ञ सहभागी भएका छन् । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई तीव्र आर्थिक विकासको बाटोमा अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । समष्टिगतरूपमा प्रदेशको विकासलाई अगाडि बढाउन छलफल आयोजना गरिएको उहाँको भनाइ थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा बजेटको प्राथमिकता र क्षेत्रका बारेमा छलफल हुनेछ । योजना आयोगले आर्थिक, सामाजिक, पूर्वाधार विकास, सुशासन र सुरक्षाजस्ता अन्तरसम्बन्धित क्षेत्र छुट्याएर तयार गरेको प्रमुख आयोजना तथा कार्यक्रमबारे सरोकारवालाको राय लिन कार्यक्रम आयोजना गरिएको हो । साना र टुक्रे योजनामा बजेट खर्च नगरी बजेटलाई ठूला योजनामा लगाउनुपर्ने सदस्यहरूको जोड छ । छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनालाई समेट्ने गरी बजेटमा योजनालाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्रदेश समृद्धिको आधार कृषि, पर्यटन, जल, जमीन र औद्योगिक विकासबाटै भएकाले योजना बनाउँदा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video