बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
कृषि/प्रविधि
Apr 02, 2019
बाँझो जमीनमा कृषि उद्यम
–रीता लामा
काठमाडौँ, चैत  १९ तीन वर्ष अघिसम्म वनमारा झारले भरिएको घोराही उपमहानगरपालिका–१२ मा रहेको रतनपुरर माध्यमिक विद्यालयको जमीन अहिले हराभरा भएको छ । लामो समयदेखि बाँझो रहेको उक्त विद्यालयको १० हेक्टर जमीनमा अहिले रोल्पाका एक दम्पतीले हराभरा बनाउँदै छन् । विद्यालयको पर्खाल बाहिर रहेको त्यो जग्गा त्यतिकै छोडिएको थियो । उहिल्यैदेखि त्यहाँ न रुख बिरुवा रोपिएको थियो नत खेतीपाती गरियो न त्यहाँ सिँचाइको सुविधा थियो तर अहिले रोल्पाका नन्दराम वली र उहाँकी श्रीमती तीलसरा रातदिन मेहनत गर्दै परिवार नै जमीन खनजोतमा लाग्नुभएको छ । तीन वर्ष पहिले रोल्पा भावाङ–४ झवाङबाट वली परिवार कृषि गर्नकै लागि दाङ झर्नुभएको थियो । उहाँले दाङ झरे पनि जग्गा खोज्दै जाने क्रममा रतनपुर माविको त्यही बाँझो जमीन देख्नुभयो । विद्यालयसँग जग्गा भाडाका लागि प्रस्ताव गर्नुभयो । विद्यालयले सरकारी जग्गा भएका कारण बोलपत्र आह्वान ग¥यो । नन्दरामले विद्यालयमा सबैभन्दा राम्रो मूल्य दिने प्रस्ताव पेस गर्नुभयो र जग्गा २० वर्षका लागि भाडामा पाउनुभयो । प्रतिवर्ष रु छ हजार ४६० बुझाउने र पाँच वर्षपछि प्रतिवर्ष पाँच प्रतिशतका दरले भाडा लाग्ने गरि सम्झौता पनि गर्नुभयो । अहिले विद्यालयको १० हेक्टर बाँझो जमीन हराभरा बनाउन नन्दरामका साला खगेन्द्र वलीले पनि सहयोग गरिरहनुभएको छ । उहाँहरुले अहिले त्यहाँ व्यावसायिक केरा र टमाटर खेती गर्दै आउनुभएको छ । एक बिघा जमीनमा केरा मात्रै लगाउनुभएको छ भने त्यतिनै जग्गामा टमाटर पनि रोप्नुभएको छ । गत वर्षदेखि थालेको उहाँको केरा खेती अहिले केही फल्दै छ त केही हुर्किदै छ । अरु बाँकी जमीनमा सिमी, लौका, घिरौलालगायतका तरकारी रोप्ने र व्यावसायिक कुखुरापालन गर्ने तयारीमा पनि लाग्नुभएको छ । सिँचाइ नभएको पाखो जमीनलाई खनजोत गरी लिफ्ट सिँचाइमार्फत् उहाँले खेती थाल्नुभएको हो । अहिले उहाँको बारीमा करीब आठ हजार मालभोग केरा फल्दै छन् । केरा खेतीको शुरुआत भएको हुँदा उहाँको कृषिमा अहिले लगानी मात्रै परेको छ । नन्दरामले भन्नुभयो, “पाखो जग्गालाई गोडमेल गर्न र खेती गर्नकै लागि करीब रु ३९ लाख खर्च गरिसके तर आम्दानी भएको छैन ।” उहाँको बारीमा अहिले पनि दैनिक १५ देखि १७ कामदार बारीमा काम गरिरहेका भेटिन्छन् । “अहिले म लगानीको चरणमा छु, आम्दानी हुने आशमा छु ।” उहाँले भन्नुभयो, “सीप नसिकेरै व्यावसायिक कृषिमा हात हाले अहिले केही असहज भएको छ ।” कृषिमा लगानी सँगसँगै सीप पनि महत्वपूर्ण भएको उहाँको बुझाइ छ । कृषि कार्यालयबाट आफूले राम्रो साथ सहयोग पाएको उहाँ बताउनुहुन्छ । उहाँको मेहतन र लगनशीलतालाई देखेर साना तथा मझौला किसान आयोजना (रिझम)ले समेत सोलारमार्फत् लिफ्ट सिँचाइको व्यवस्था गरिदिएको छ । उसैको सहयोगमा उहाँले उक्त स्थानमा खोलाको पानीलाई मोटर लगाएर बारीमा तानेर खेती थाल्नुभएको छ । कृषिसम्बन्धी प्राविधिक ज्ञान नभएका वलीले खेती गर्दै सीप सिक्दै पनि गरिरहनुभएको छ । परम्परागत रुपमा खेती गर्दै आउनुभएका उहाँले काम गर्दै र अनुभवले सिक्दै खेती गर्दै आइरहेको बताउनुभयो । उहाँले अहिले आफ्नो कृषि कामलाई सहकारीको नाम पनि दिनुभएको छ । हापुर रतनपुर बहुउद्देश्य कृषि सहकारी संस्था दर्ता गरेर आफ्नो कृषिकर्मलाई व्यावसायिक बनाउनुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video