केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
स्थानीय सरकार
Aug 25, 2018
परम्परागत खेती अन्त्य हुन्छ ः प्रदेश कृषिमन्त्री लामा
 सिन्धुली, भदौ  ।  नेपालमा परम्परागत कृषि प्रणालीका कारण किसान निरास भएकाले अब परम्परागत खेती प्रणालीको अन्त्य हुने प्रदेश नं ३ का कृषिमन्त्री दावादोर्जे लामाले बताउनुभएको छ । 

आज सिन्धुलीमा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पछिल्लो समयमा किसानमा निरासा उत्पन्न भएकाले अबको सरकारले किसानलाई कृषि फर्मतर्फ उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताउनुभयो । 

परम्परागत कृषि व्यवसाय गर्ने प्रणलीले नेपाली कृषकको हित नभएकाले आफ्नै पालामा यस्तो प्रणलीको अन्त्य गरी आधुनिक प्रविधिसहितको खेती गर्न किसानलाई प्रेरणा दिने कार्यक्रम आफूले ल्याउन लागेको उहाँले उल्लेख गर्नुभयो । 

अहिले उत्पादन कम र खर्च बढी भएकाले किसानमा निरासा छाएकाले अब कम लगानीमा उत्पादन वृद्धि गरी बीचबाट फाइदा लिने बिचौलियाको अन्त्य गर्न कार्यक्रम बनाइने उहाँको भनाइ छ । 

किसानले उत्पादन गरेका हरेक कृषि सामग्रीको भण्डारणका लागि एक जिल्ला एक चिस्यान केन्द्र बनाउने प्रदेश सरकारको लक्ष्य भएकाले किसानलाई उत्पादनमा लाग्न आग्रह गर्नुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video