शिवपुरी गाँउपालीकाको दोस्रो गाँउसभा सम्पन्न, विभिन्न ऐन र नियमावली संशोधन
रबिन थपलिया । काठमाडौं । चैत २२ । नुवाकोटको शिवपुरी गाँउपालीकाको दोस्रो गाँउसभा आज सम्पन्न भएको छ ।
गाँउपालीकाको कार्यालय सेराबगरमा आज सम्पन्न गाँउसभाले हाल सम्म भएको गाँउपालीकाको प्रगति विवरण सम्बन्धमा समिक्षा गरिएको छ । गाँउसभाले प्राविधिक कर्मचारीहरुको व्यवस्थापन लगायतका विभिन्न ऐन, नियम संशोधन गरेको शिवपुरी गाँउपालीकाले जनाएको छ ।
शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गाँउसभामा उपाध्यक्ष मञ्जु केसी, प्रमुख कार्यकारी श्रीकृष्ण पौडेल सहित ८ वटै वडाका अध्यक्षहरु, सचिवहरु लगायतको उपस्थीति रहेको गाँउपालीकाले जनाएको छ ।
sfsf