त्यस्तै आज नै बोक्सीको आरोपमा कैलालीमा निर्घात कुटिएकी १८ वर्षे राधा चौधरीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बित भएका छन् । घोडाघोडी नगरपालिका –५ देउकलियाकी १८ वर्षे राधा चौधरीलाई बोक्सीको आरोपमा गएको बिहीबाार निर्घात कुटपिट भएको भिडियो समाजिक संजालमा भाइरल बनेपछि प्रधानमन्त्री ओली, गृहमन्त्री बादल लगायतले तत्कालै कारवाहीको निर्देशन दिएपछि बोक्सीको आरोपमा कुटिएकी युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बन गरिनुका साथै राधालाई कुट्ने धामी रामबहादुर चौधरी र किस्मती चौधरी पक्राउ परिसकेका छन् ।
घटनाको जाहेरी गर्न नमानेको पीडित पक्षले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव निरीक्षक दिनेश विष्टलाई नेपाल प्रहरीले निलम्बन गरेको स्रोतले जनाएको छ । जाहेरी दर्ता नगर्नुको कारणबारे विष्टसँग स्पष्टिकरण मागिएको तर चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई निलम्बन गरिएको हो । निलम्बित प्रहरी विष्टले भने आफूले कुटपिट गर्नेलाई पक्राउ गरेर जाहेरी दर्ता गर्न खोजेको तर घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीको दबाबपछि उनकै रोहबरमा पीडकलाई छाडेको बताएका छन् ।osnepal