अपांगता/अल्पसंख्यक
Aug 19, 2017
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा चारजना अपांगता भएका पत्रकार चुनावी मैदानमा भिडदै
रबिन थपलिया काठमाडौं । भदौ ३ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशनमा अपांगता भएका चार पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । महासंघमा अपांगता भएका पत्रकारलाई आरक्षण गरिएको एक केन्द्रीय सदस्यको कोटामा तिन जना पत्रकारहरु चुनावी मैदानमा उत्रिएका छन् । जस अनुसार लोकतान्त्रीक– प्रगतिशिल व्यवसायीक प्यानलबाट अपांग कोटामा माधब चम्लागाई, व्यवसायीक प्यानलबाट अपांग कोटामा योगेन्द्र प्रताप शाही, र स्वतन्त्र अगन्ध तिवारीले अपांगताको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै नेपाल पत्रकार महासंघका अपांगताको तर्फबाट केन्द्रीय सदस्य बनेका भवानी सिंह ऐर भने प्रदेश नं ७ वाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दामा प्रेस सेन्टरले आफुलाई अन्याय गरेको भन्दै ऐरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघमा ४ जना अपांगता भएका पत्रकारले केन्द्रीय सदस्यमा दावी गरिरहंदा अपांगता भएका पत्रकारहरुनै छैनन भन्नेहरुलाई गतिलो जबाफ दिएको छ । राष्ट्रिय अपांग पत्रकार संघ नेपालका उपाध्यक्ष लोकेन्द्र भट्टले भने महासंघमा आरक्षण गराउन हामीले संघर्ष नगरेको भए सायद साथीहरुले तिन बर्षको बिचमा यो दिन देख्न पाइने थिएन । 
यस अघिका महासंघका अध्यक्ष शिव गाँउलेको कार्यकालमा महासंघले अपांगता भएका पत्रकारलाई केन्द्रमा आरक्षण गरेको थियो । 
Image may contain: 1 person, smiling, text
Image may contain: 1 person, text
Image may contain: 1 person, text

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video