प्रमुख समाचार
Jul 14, 2020
खानेपानीकोे शुद्धता नाप्ने प्रयोगशाला स्थापना
डडेल्धुरा, असार  ३० ।  जिल्लाको अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला स्थापना भएकाले अब धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनु पर्ने समस्या टरेको बताउनुभयो । पानीमा धमिलोपन, रासायनिक पदार्थको मात्रा, दिसाजन्य पदार्थ भए नभएको र क्लोरिनको मात्रा प्रयोगशालामा जाँच गरिने छ । प्रयोगशालाको स्थापनाबाट दूषित खानेपानीका कारण बेलाबेलामा हुने झाडापखाला, आउँ र हैजाजस्ता रोगबाट बच्न सकिने गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video