केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 12, 2020
मूल्यवृद्धि विरुद्ध प्रदर्शन
काठमाडौँ,  असार २८ नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गर्नुभयो । “बन्दाबन्दीको समयमा जनतालाई राहत प्याकेज ल्याउनुपर्ने सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व पूरा गर्न सकेन”, उहाँले भन्नुभयो । सङ्घले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । यस्तैै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ । यसअघि सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video