केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 11, 2020
अझै तीन दिन वर्षाको सम्भावना
काठमाडौँ, असार २७ जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव सात डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video