केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 11, 2020
दुई उद्योग कारबाहीमा
काठमाडौँ, असार २७  नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालि मोरङलाई हिजो  कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगको गुणस्तर विभागको प्रयोगशालामा परीक्षण गराउँदा उक्त दुई उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिनुभयो । गोयन्का पीएससी सिमेन्टको सात दिनको कम्प्रियसिभ स्टे«न्थको मान २२ एमपीए हुनुपर्नेमा १८ एमपीए भएकाले कारबाही गरेको हो । यस्तै कमला स्टिल्सको सङ्कलित नमूनाको सल्फर र फस्फोरसको मान ०.११९ प्रतिशत हुनुपर्नेमा ०.१०५ प्रतिशत भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले दुवै उद्योगलाई नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) अनुसार इजाजतपत्र स्थगन गरेको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video