केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 09, 2020
तुलसीपुरका उपलब्धिः हवाईसेवा, बसपार्क, अटोभिलेज र मेट्रो कलेज
तुलसीपुर, असार  २५ दाङको तुलसीपुर उपममहानगरपालिकाले तीन वर्षका अवधिमा लामो समयदेखि बन्द हुने र खुल्ने गरेको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तीन वर्षमा तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, पातुखोलामा नमूना अटोभिलेज र तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) सञ्चालनलगायत गौरवका आयोजना पूरा भएको जानकारी दिनुभयो । प्रमुख पाण्डेका अनुसार यसबीचमा खरको छाना हटाउने र सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम पनि सम्पन्न भएको छ । अहिलेसम्म उपमहानगरपालिकाले ७५० खरका छाना हटाएको छ । उहाँका अनुसार अहिले पञ्जीकरण, युवा क्षेत्र, आधुनिक बसपार्क निर्माणमा नगर उत्कृष्ट हुन सफल भएको छ । उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि,सिंचाइ र विद्युत् विस्तारमा पनि उल्लेख्य काम गरेको उहाँको भनाइ छ । स्वास्थ्यमा तीन वर्ष उपमहानगरपालिकाले तीन वर्षमा तीन हजार पाँच सय जनालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ । त्यस्तै उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य संस्था पुगेका छन् । साथै पहाडी क्षेत्र वडा नं ३ र १९ मा दुईदुई स्वास्थ्य संस्था छन् । तुलसीपुरमा रक्तसञ्चार केन्द्र, राप्ती प्रादेशिक अस्पतालमा डायोलासिस सेवा र स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिन थालिएको उहाँले बताउनुभयो । त्यस्तै उपमहानगरपालिकामा मोतिविन्दुमुक्त गर्नका लागि निःशुल्क शल्यक्रिया सेवा तथा राप्ती आँखा अस्पताल, राप्ती प्रादेशिक अस्पताल र दुई आयुर्वेद अस्पतालमा पूर्वाधार निर्माणको काम अघि बढेको छ । साथै बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई एकीकृत स्वास्थ्य अस्पतालका रुपमा विकास गर्ने गरी तयारी गरिएको उहाँको भनाइ छ । यस्तै उपमहानगरपालिकाभित्र विद्यालयलाई समायोजन गर्ने काम अघि बढेको छ । अहिलेसम्म ३२ विद्यालय समायोजन गरिएको प्रमुख पाण्डेको भनाइ छ । तुलसीपुर स्पोर्ट सिटी उपमहानगरपालिकाले तुलसीपुरलाई स्पोर्ट सिटीका रुपमा विकास गरेको छ । बेलझुण्डीमा अन्तरराष्ट्रिय रङ्गशाला निर्माण भएको र बाँकी संरचना निर्माणको काम भइरहेको प्रमुख पाण्डेले बताउनुभयो । एक वडा÷एक खेल मैदानको अबधारणालाई अघि बढाइएकोसमेत उहाँको भनाइ छ । प्रविधिमैत्री उपमहानगर उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ । आगामी साउनदेखि ‘क्यासलेस र पेपरलेस’ बनाइने प्रमुख पाण्डेले बताउनुभयो । उहाँका अनुसार बैंकबाट मात्रै कारोवार गरिने र बैंकमा उपमहानगरपालिकाको काउन्टर स्थापना गरिने बताउनुभयो । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video