प्रमुख समाचार
Jul 09, 2020
बााह्रबिसेमा उद्धार टोली खटाउन देउवाको आग्रह
काठमाडौँ, असार  २५ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गर्नुभएको हो । सभापति देउवाले सिन्धुपाल्चोकका काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिनुभएको छ । आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करिब एक दर्जन घर बगाएको छ भने दुई दर्जन मानिस बेपत्ता भएका छन् । भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video