केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 09, 2020
बैंक ब्याज मिनाहा गर्नुपर्ने उद्योगीको माग
काठमाडौँ, असार  २५ नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ । महासङ्घले यहाँ हिजो  पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण यतिबेला समग्र उद्योगी, व्यवसायीहरु निकै कठिन अवस्थामा पुगेको जनाउँदै बैंक ब्याज र घरभाडा मिनाहा गर्न माग गरी सङ्घर्षको घोषणासमेत गरेको छ । महासङ्घले पहिलो चरणको आन्दोलनअन्तर्गत यही शुक्रबार माइतीघर मण्डलमा ताला चाबीसहित प्रदर्शन गर्ने भएको छ । सोही अवसरमा महासङ्घका अध्यक्ष नरेश कटुवालले आफूहरुले पटक पटक उठाएका मागका विषयमा सरकार गम्भीर नभएपछि आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीका समस्याबारे हामीले पटक पटक जानकारी गराउँदासमेत राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय गर्न सकेको छैन, त्यसैले अब आन्दोलन गर्नुको विकल्प छैन ।” ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्ष पछि सार्नुपर्ने र कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्नेसमेत महासङ्घको माग छ । काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिकालगायत सम्बन्धित निकायमा आफ्नो मागबारे ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाई नभएको अध्यक्ष कटुवालले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video