केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 08, 2020
साँफे–मार्तडी सडक बन्द
मार्तडी, असार  २४ जिल्लामा लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ । सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । बूढीगङ्गा नगरपालिकाको अम्कोट र द्वारीमा नदीले कटान गर्न थालेपछि सडक भासिदै गएको छ । सडक भासिएपछि फाटफुट चल्ने सवारीसाधन समेत ठप्प भएका छन् । सडकको पानीनाउला, तिपाडा, ओलेनामा माथिबाट पहिरो बग्न थालेकोले छ । मङ्गलबार राति आएको अविरल वर्षाका कारण ंपानीनाउलामा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन आशिंक रुपमा चलेका छन् । पानीनाउलामा आएको पहिरो पन्छ््याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । सडक अवरुद्ध बनेपछि खुलाउने प्रयास भइरहेको भए पनि माथिबाट पहिरो खस्ने भएकाले समस्या भएको छ । ठाउँ ठाउँमा पहिरो गएको छ । आवतजावतमा समेत निकै समस्या भएको स्थानीयवासी सुशील थापाले बताउनुभयो । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत वर्षको वर्षायाममा सडक अवरुद्धले यस क्षेत्रमा दैनिक उपभोग्य सामान र औषधिको अभाव हुने गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video