समाज
Jul 03, 2020
बिचारले जित्न नसकेपछि अनावश्यक प्रचार गरियो : वडा अध्यक्ष तारकेश्वर
काठमाडौं, १८ असार । नुवाकोटको तारकेश्वर गाउँपालिकाको गाउँसभामा गत असार १० गते बजेट प्रस्तुत गर्ने क्रममा  भएको बिरोधलाई अतिरञ्जित गरिएको भन्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बिरोध जनाएका छन । गाउँपालिकाको हेपाह प्रवृत्ति र बिभेदकारी व्यबहारको बिरोध गर्दा आफुहरुको चरित्रहत्या गर्न खोजिएको भन्दै उनिहरुले गम्भीर आपत्ति जनाएका छन ।
काङ्ग्रेस गाउँपालिको निर्णय अनुरुप गाउँपालिकाको एकलौटी र बिभेदकारी व्यबहारको बिरोध गरिएको वडा अध्यक्षहरुले बताएका छन । सो बिरोधलाई अतिरञ्जित गरि वडा अध्यक्षहरु फरार रहेेेको अफवाह फैैैलाईए पनि आफुहरु नियमित काममा रहेको बताए ।
विकास निर्माणमा पनि गाउँपालिकाको बिभेदकारी नितिको आफुहरु सदा प्रतिवाद गर्ने भन्दै अनावश्यक र तथ्यहिन प्रचारको पछी नलाग्न आग्रह गरे । सबै वडालाइ समान ढंगले नहेरे गम्भीर संकट आउने भन्दै उनिहरुले समयमै सचेत हुन गाउँपालिका अध्यक्षलाई चेतावनी दिएका छन ।
आफ्नो बिभेदकारी नितिको बिरोधलाई गर्दा तथ्य र तर्कले जित्न नसकेपछि गाउँपालिका अध्यक्ष रमेश वस्तीले विषयलाई अन्यन्त्रै मोडेको आरोप छ।गाउँपालिकामा कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु वडा नं. १ का अध्यक्ष दयानिधी अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङ छ्न । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video