प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jul 02, 2020
बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री
 किरण पौड्याल
इलाम, असार १८
मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताउनुहुन्छ । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ । “हामी चीनलगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन”, सुब्बाले भन्नुभयो, “चिया किनेर प्रशोधन त गरियो तर बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।” उहाँका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या प¥यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ । पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताउनुभयो । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पु¥याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ । “एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो”, चापागाईँले भन्नुभयो, “तर अहिले अवस्था सामान्य भइसक्यो ।” उहाँले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गर्नुभयो । बन्दाबन्दीको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत बिक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उहाँको भनाइ थियो । “धेरै उद्योगले चिया बिक्री भएपछि मात्र रकम दिने भन्दै उधारोमा चिया लिइरहेका छन् तर किसानलाई खाद्य सङ्कट आउन सक्छ भनेर मैले चाहिँ सबैलाई दिइसकेको छु”, उहाँले भन्नुभयो । यस वर्ष बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब रु ६० लाख घाटा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । वन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video