प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jul 01, 2020
शव व्यवस्थापनस्थलको टुङ्गो लागेन
काठमाडौँ, असार १७ ।  कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पुनः आग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्थान खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । कार्यविधिमा संस्कारअनुसार शव जलाउने या गाड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ । प्रजिअ एवं जिल्लास्तरीय समितिका संयोजक गौलोचन सैँजूले स्थानीय तह र वडास्तरमा समेत शव व्यवस्थापन समिति गठन गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको बताउनुभयो । “स्थानीय तहमा शव व्यवस्थापन स्थलको खोजी र छनोट गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “छिट्टै टुङ्गो लाग्छ ।” कतिपय ठाउँमा शव व्यवस्थापनलाई लिएर विवाद भइरहेकाले उपयुक्त र सबैलाई मान्य हुने स्थान छान्नुपर्ने अवस्था छ । बागलुङ नगरपालिकामा शव व्यवस्थापनका लागि सम्भावित क्षेत्रको अध्ययन र छनोटका लागि कार्यदल बनाइएको छ । सो कार्यदलले उपयुक्त स्थान पहिचान गरी तीन दिनभित्र जिल्लास्तरीय समितिलाई सिफारिस गर्ने जनाइएको छ । बागलुङ नगरपालिका–१ काठेखोला किनार, ४ को चाँदवारीस्थित कालिगण्डकी किनार र १३ को कालाखोला किनारलाई सम्भावित क्षेत्रका रूपमा हेरिएको छ । अन्य सम्भावित ठाउँको समेत कार्यदलले स्थलगत अध्ययन–अनुगमन गर्नेछ । शव विसर्जन स्थल बस्ती, मानिसको जमघट हुने धार्मिक तथा सांस्कृतिक महत्वका स्थल, खानेपानीको स्रोत आदिबाट टाढा हुनुपर्ने कार्यविधिले तोकेको छ । सकभर शवलाई जलाउनुपर्ने र गाड्नुपर्ने भए पनि चार फिट गहिरो खाल्डो खनी गाड्नुपर्ने उल्लेख छ । अन्तिम संस्कारका बेला मृतकका आफन्त बढीमा २० जना सहभागी हुन पाइने र एक मिटरको दूरी कायम गरी बस्नुपर्ने व्यवस्था छ । शव व्यवस्थापनको मुख्य काम भने स्थानीय प्रशासनको सहयोगमा नेपाली सेनाले गर्ने प्रजिअ एवं समितिका संयोजक सैँजूले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको शव व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार उक्त कार्यमा खट्ने मानवसाधनका लागि सुरक्षा सामग्री उपलब्ध गराउन स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको उहाँको भनाइ छ । कोभिड–१९ का कारण हालसम्म जिल्लामा कसैले पनि मृत्युवरण गर्नु नपरे पनि आइपर्न सक्ने जस्तोसुकै अवस्थाका लागि तयारी हालतमा बस्नुपर्ने समितिको ठहर छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गए पनि कसैमा पनि गम्भीर लक्षण छैन । गत चैत १५ मा पहिलोपटक कोरोना सङ्क्रमणको घटना पुष्टि भएकामा जिल्लामा अहिले कोरोना लाग्नेको सङ्ख्या १९४ पुगेको छ । निको हुनेको सङ्ख्या २४ छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video