प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 23, 2020
दोषारोपण त्याग्दै स्नेह फैलाउने अभियान शुरु
काठमाडौँ, असार ९ राजधानीस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासहित ३० भन्दा बढी सङ्घसंस्थाले कोभिड–१९ को सन्दर्भमा फैलिरहेको भेदभाव र दोषारोपण अन्त्यको आह्वान गर्दै स्नेह फैलाउने अभियान शुरु गरेका छन् । नेपालमा पहिलो व्यक्तिमा कोभिड–१९ देखिएको पाँच महिना भएको तथा त्यस बेलादेखि यसबाट मुक्ति पाएका व्यक्ति र तिनका परिवार, वैदेशिक रोजगारीबाट फर्केका, स्वास्थ्यकर्मी, महामारीको जोखिममा रहेका सर्वसाधारण, फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढिरहेको भेदभावका समाचार सार्वजनिक भइरहेको सन्दर्भमा स्नेह फैलाउने अभियान थािलएको हो । “कोरोना भाइरसबाट मात्र होइन अहिले हामीले आफूलाई त्रास, अफवाह र दोषारोपणबाट पनि एकर्कालाई जोगाउनुपर्छ । यति बेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य तथ्य र एकता हो, यो कठिन घडीमा हामी सबै एकैसाथ छौँ”, राष्ट्रसङ्घीय सूचना केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्नेह फैलाऔँ अभियानले सबैजनालाई कोभिड–१९ बाट प्रभावित व्यक्तिहरूको समर्थनमा माया, सद्भाव र आशाका सन्देश फैलाउन आव्हान गरेको छ भने भाइरसबाट जोगाउन अग्रपङ्तिमा रहेर अहोरात्र काम गरिरहेका स्वास्थ्यकर्मीहरूमा कृतज्ञता व्यक्त गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video