प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 20, 2020
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतफी सञ्चालन, तीन दिन लगाएर पहिरो पन्छाइयो
काठमाण्डौं । असार ७ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।  

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो । 

पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिनुभयो । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video