प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 19, 2020
एकद्वार प्रणालीमा युवालाई तालीम
काठमाडौँ, असार  विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालीम एकद्वार प्रणालीमा लैजाने सहमति भएको छ । युवाका क्षेत्रका काम गर्ने विभिन्न सरकारी निकायले दिने तालीम प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली अपनाउने सहमति गरेका छन् । युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय युवा परिषद्, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी), युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायत सरकारी निकायले युवाको तालीम एकद्वार प्रणाली दिइने सहमति गरेका हुन् । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकासका लागि ठूलो धनराशि खर्च भइरहेको भए पनि सोको प्रभावकारिता र उपलब्धि प्राप्त हुन नसकेकाले एकद्वार प्रणालीबाट तालीमको व्यवस्थापन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार एकद्वार प्रणालीबाट तालीम सञ्चालन गर्नका लागि आयोगका सदस्य डा उषा झाको संयोजकत्वमा विभिन्न १० वटा मन्त्रालयका सहसचिव सम्मिलित एक कार्यदल गठन गर्ने सहमति भएको छ । त्यो कार्यदलले तालीमको खाँकासहित कति जनालाई दिइने भनेर पेश गर्ने छ । राष्ट्रिय युवा परिषद्ले तालीमका लागि युवा छनोट गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले तालीम दिने र युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ऋण प्रवाहका लागि समन्वय गर्ने छ । यस्तै तालीम कार्यक्रमको समन्वय अनुगमन मूल्याङ्कन तथा सहजीकरण राष्ट्रिय योजना आयोगले गर्ने छ ।परिषद्का उपाध्यक्ष ढुङ्गेलले तालीम दिने सरकारी निकायबीच समन्वयको अभाव रहँदा तालीमप्राप्त युवाको अद्यावधिक अभिलेख नभएको र तालीम प्राप्त गरिसकेपछि ती युवालाई रोजगार तथा व्यवसायमा जोड्न नसकिएको बताउनुभयो । युवा लक्षित कार्यक्रमका लागि राज्यले धेरै बजेट विनियोजन गरेता पनि कार्यक्रम विभिन्न निकायमा छरिएर रहेको र आपसी समन्वय र सहकार्यको अभावमा परिणाम दिन नसकिएको परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक रु १५ अर्ब युवा लक्षित विभिन्न तालीमका लागि खर्च भइरहेका छन् तर त्यो खर्चअनुसार युवा स्वरोजगार हुन सकेका छैन । अहिले सिटीईभिटी, व्यावसायिक सीप विकास तालीम केन्द्र, परिषद्, व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनालगायत सरकारी निकायले युवालाई छोटो तथा लामो किसिमका करिब १०० प्रकारका तालीम दिने गर्दछन् । आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले राज्यको लगानीको प्रभावकारिता बढाउन युवालाई स्वरोजगार बनाउन र कोभिड–१९ पश्चातका बेरोजगारीका समस्याको समाधान गर्न वैदेशिक रोजगारीबाट फर्केका र रोजगार गुमाएका युवालाई रोजगार दिनका लागि छोटो अवधिका तालीमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । हाल नेपालमा ३९० घण्टादेखि एक हजार ६९६ घण्टासम्मका युवालाई स्वरोजगार बनाउनका लागि तालीम सञ्चालन हुने गरेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video