समाज
Jun 18, 2020
हिमालपारि पुग्यो कोरोना
 मनाङ, असार ४ हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिनुभयो । जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video