प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 17, 2020
क्वारेन्टिनबाट घर फर्किएका २६ मा कोरोना सङ्क्रमण
काठमाण्डौं । असार ३ । क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५  र २ का ११ जनामा कोरोना सङ्क्रमण  पुष्टि भएको हो । 
उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको  थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिनुुभयो । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टिनमा बसेका थिए । 
 उच्च सतर्कता
एकै दिन धेरै जनामा सङ्क्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ । सङ्क्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो ।  वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ । 
भेरी अस्पताल नेपालगञ्जमा आज भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video