प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 16, 2020
नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन
 काठमाण्डौं । असार २ । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव पाँच मिटर फराकिलो ४० मिटर लामो क्षेत्र धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसैगरी २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटरसम्म भासिएको छ । यस क्षेत्रमा सडक १२ मिटर फराकिलो रहेको छ । 

दुवै क्षेत्रमा दुईवर्ष अघि असारमा सडक भासिएको हो । सडक साँघुरो हुँदा सहज दुईतर्फी सञ्चालनमा कठिनाइ भएको छ । ती दुवै क्षेत्रमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।
 
ती क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दा समेत कोही पनि नआएको बताउनुभयो । प्राविधिकरूपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्न सक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको छ । धसिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउन सक्ने जनाइएको छ ।
 
सूचना अधिकारी खनालले भित्तोपट्टिको भागमा सम्याएर ग्राबेल राख्ने काम गरिएको जानकारी दिनुभयो । यसबाट दोहोरो सवारी साधन आवागमन गर्न सक्ने छ । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । वर्षात्मा पहिरो खस्न रोक्नका लागि भने अहिले पनि काम भइरहेको छ । चार किलोबाहेकका क्षेत्रमा काम सम्पन्न भएको खनालले जानकारी दिनुभयो । यस सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । यहाँबाट दैनिक १० हजार सवारी साधन आवागमन गर्दछन् ।  

एघार महिनामा २६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् ।
 
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, बूढो भएर, विद्युतीय करेन्ट लागेर मरेका हुन् । मर्नेमा धेरै बच्चा रहेको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको यसै अवधिमा  निकुञ्ज क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा गरी ४३ गैँडा मरेका थिए । प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन थालेको छ । पछिल्ला वर्षमा चोरी शिकारीका कारण गैँडा मर्न पाएका छैनन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video