प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 15, 2020
नेपाल रेडक्रस सोसाइटी शिवपुरी उपशाखाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
नुवाकोट । असार १ । नेपाल रेडक्रस सोसाइटी शिवपुरी उपशाखाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 
सोसाइटीले हिजो आइतबार नुवाकोटको शिवपुरी गाँउपालीका भित्र सञ्चालीत स्वास्थ्य चौकीहरुका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु गाँउपालीकालाई हस्तान्तरण गरेको हो । 
शिवपुरी गाँउपालीकाको कार्यालय शेराबगरमा आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिवपुरी उपशाखाका सभापति भिमसेन खडका, उपसभापति तेजकुमार भण्डारी, सचिब हरी सिटौला, कोषाध्यक्ष श्याम बस्नेत र सदस्य केशव रिजाल लगायत कार्यसमितिका पदाधीकारीहरुले संयुक्तरुपमा गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी र प्रमुख प्रशासकीय अधिकृत किसन न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । 
सोसाइटीले हात धुने साबुन २७ सय थान, पिपिई सेट १० थान, फ्रेडसील सिल १० पिस, र्सजीकल माक्स १०० पिस, पञ्जा १०० पिस हस्तान्तरण गरेको हो । साथै शिवपुरी गाँउपालीका भित्रका ८ वाका स्वयम सेवीकाहरुलाई १०पिसका दरले थप १ सय पिस साबन र शिवपुरी ५ का महिला स्वयम सेवीकाका लागि छुट्टै १६० पिस साबन बितरण गरिएको उपशाखाका अध्यक्ष भिमसेन खडकाले जानकारी दिए ।
स्वास्थ्य सामग्री बुझदै गाँउपालीका अध्यक्ष रामकृष्ण थापाले स्वास्थ्य सामग्री उपलव्ध गराएकोमा रेडक्रस सोसाइटी शिवपुरी उपशाखालाई धन्यवात दिँदै प्राप्त सामग्री चाँडैनै सबै वडाका स्वास्थ्य चौकीहरुलाई बितरण गरिने बताए । 
कार्यक्रममा सोसाइटीका सभापती भिमसेन खडकाले कोरोनाको संक्रमणबाट जोगिन स्वास्थ्य सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा गाँउपालीकाका कर्मचारीहरु, नेपाली काँग्रेस शिवपुरीका नेता रमेश कडेल लगायतको उपस्थीति रहेको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video