समाज
Jun 15, 2020
सिरहा युवा संजाल (SYN) संस्था द्वारा रक्तदान कार्यक्रम
राजेन्द्र महतो लहान  असार १ गते।विश्व रक्तदान दिवसको अवसरमा सिरहाको गोलबजार नगरपालिका स्थित  सिरहा युवा संजाल (SYN) संस्थाले आइतबार रक्तदान कार्यक्रम गरेको छ।
रगतको अभाव वढेपछि सिरहाको गोलबजार नगरपालिका मा सिरहा युवा संजाल (SYN) ,नेपाल रेडक्रस सोसाइटी , गोलबजार उद्योग ब्यापार संघ  र गोलबजार नगरपालिकाको सहयोगमा  रक्तदान कार्यक्रम सम्पन्न भएको  हो।
सो कार्यक्रमा ३२ प्रिन्ट रगत संकलन भएको छ ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी , गोलबजार उद्योग ब्यापार संघ , गोलबजार नगरपालिका र सिरहा युवा संजाल का पदाधिकारीहरु लगायत न. पा.  का  विभिन्न युवाहरुको  उपस्थिति रहेको सिरहा युवा संजालका अध्यक्ष नागेश्वर रायले बताएका छन।
गोलबजार नगरपालिकाका गोलचक्र स्थित बिहान १० बजे देखि ३ बजे सम्म  आयोजना  गरिएको सो  रक्तदान कार्यक्रममा ३२  युवाहरूले रक्तदान गरेको सिरहा युवा संजालले बताएका छन।
कोरोनाको महामारीले गर्दा अस्पतालहरुमा रगतको अभाव  भएकोले सामाजिक कार्यमा समेत युवाहरु आफनो सक्रियता बढाउदै अगाडि बढने क्रममा सिरहा युवा संजालले रक्तदान कार्यक्रम गरेको अध्यक्ष नागेश्वर रायले बताएका छन। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video