स्थानीय सरकार
Jun 14, 2020
आफैले चलाएको गाडीले साइकल यात्रीलाई बचाउन खोज्दा काँग्रेसबाट निर्वाचीत गाँउपालीकाका अध्यक्षको ज्यान गयो
काठमाण्डौं । जेष्ठ ३२ । आफैले चलाएको गाडीबाट साइकलयात्रीलाई जोगाँउन खोज्दा काँग्रेसबाट बिजयी एकजना गाँउपालीकाका अध्यक्षको ज्यान गएको छ । 
नवलपरासीको पश्चिम प्रतापपुर गाउँपालिका अध्यक्ष  राजकुमार शर्माको दुर्घटनामा परी ज्यान गएको हो । जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा सहभागी हुन आज बिहान गाउँपालिकाबाट जान हिडेका उनि बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । 
अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भई उनी च्याप्पिएका थिए। दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए ।   
उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा  नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video