प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 14, 2020
आइसोलेसनमा बसेका र प्रहरीबीच झडप,चार जना घाइते
काठमाण्डौं । जेष्ठ ३२ । दैलेख जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा चार जना घाइते भएका छन् । हिजो नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो । 

महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको पिसिआर र आरडिटि पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन् । 

आइसोलेसनमा बसेका पिसिआर पोजेटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुरवलीले बताउनुभयो । प्रहरीको कुटाइबाट एक घाइते भएका छन् भने तीन जना सामान्य रहेका छन् । उहाँहरु चारलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ । 

त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पिसिआर पोजेटिभलाई राखिएको छ । केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टिनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video