प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 13, 2020
स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम
खलङ्गा,  जेठ ३१ जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । यहाँको एक नगरपालिकासहित गाउँपालिकामा रु ६४ लाखका दरले रु पाँच करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताउनुभयो । जिल्लाको पातारासी गाउँपालिकामा सो कार्यक्रम सञ्चालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । जारी बन्दाबन्दीले घर खर्च चलाउन गाह्रो भएका र गाउँपालिकाले अतिगरिब घर पहिचान गरेका स्थानीयवासीलाई कामसहित रोजगार दिएको गाउँपालिकाको रोजगार शाखाले जनाएको छ । यहाँको हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका एक हजार ७८५ बेरोजगारमध्येबाट प्राथमिकताका आधारमा ३३९ बेरोजगारलाई २० दिनको कामसहित रोजगारी दिइएको छ । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाको–४ स्थित हिमा आवासीय विद्यालयको भवन निर्माण र घेराबार आयोजनामार्फत रोजगार कार्यक्रममा समावेश गराइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । कामदारले दैनिक रु ६६० ज्याला पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । सो आयोजनाको कूल बजेटमध्ये ७० प्रतिशत रकम कामदारको ज्यालादारीमा र ३० प्रतिशत रकम आयोजनालाई आवश्यक पर्ने सामग्री खरिद गर्न सकिने कार्यालयका सवइञ्जीनियर प्रेमबहादुर शाहीले बताउनुभयो । जिल्लाको तातोपानी गाउँपालिकाले पनि मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिसकेको छ भने तिला, गुठीचौर, कनकासुन्दरी, चन्दननाथ नगरपालिका र सिञ्जा गाउँपालिकाले आउने महिनाको पहिलो हप्ताबाट कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका रोजगार शाखाले जनाएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video