प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 10, 2020
नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा सिटौला
काठमाण्डौं । जेष्ठ २८ । नेपाली काँग्रेसको सुभेछुक संस्था नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा शिवपुरी गाँउपालीका ८ निवासी हरी सिटौला मनोनीत भएका छन् । 
बिगत २७ बर्ष देखी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सिटौला लामो समय देखि राजनीति र समाजसेवामा सक्रिय रहंदै आएका छन् । 
सिटौलाले नेपाली काँग्रेस नुवाकोटको दुई कार्यकाल आमन्त्रीत सदस्य, दुई कार्यकाल तात्कालीन नेपाली काँग्रेस थानापति गाबिसका इकाई सचिब तथा पार्टीका बिभिन्न जिम्मेवारीमा रहेर काम गरीसकेका छन् ।  
नेपालमा बहुदलीय राजनीति सुरु भएपछि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका सिटौलाले २०५० सालमा नेपाली काँग्रेसको सक्रिय सदस्यता पाएका थिए । त्यस यता पार्टीका बिभिन्न जिम्मेवारीमा रहंदै आएका सिटौला नेपाली काँग्रेसका एक इमान्दार नेताको रुपमा चिनिन्छन् । सभापति सिटौला मात्र होइन उहाँको पिता र माता समेत काँग्रेसको सक्रिय राजनीतिमा रहनु भएको थियो । 
उनका पिता किर्तीराज सिटौला नुवाकोटको थानापति ७ का पुर्व वडा अध्यक्ष समेत हुन् । किर्तीराज सिटौलाको कार्यकालमा थानापतिको सामाजीक र आर्थिक बिकासमा महत्वपुर्ण योग्दान दिएको भन्दै अहिले पनि पुराना काँग्रेसीहरुले स्मरण गर्ने गरेका छन् ।  
त्यस्तै उनका आमा स्व अम्बीका सिटौला नेपाली काँग्रेसको महासमिति सदस्य तथा नेपाली काँग्रेस नुवाकोटको महिला संघको अध्यक्ष तथा पटक पटक काँग्रेसको महाधीवेशन प्रतिनिधिको रुपमा रहेर पार्टीको निम्ती योग्दान दिनुभएको थियो । 
काँग्रेसी पारीबारीक पृष्ठभुमिमा राजनीति गरिरहेका सभापति सिटौलाले राजनीति र सामाजीक कार्यमा समेत उच्च आफनो छबि बनाउन सफल छन् ।
यता नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको नुवाकोट जिल्ला सचिबमा नेपाली काँग्रेस नुवाकोटका युवा नेता शंकर पाण्डे मनोनीत भएका छन् । पाण्डे नेपाली कांग्रेसका कृयासिल सदस्य, त्रिभुवन त्रिसुली बहुमुखी कलेजको पुर्ब स्वबियु सभापति, नेपाल बिधार्थी संघ नुवाकोटको सचिव रहेर काम गरिसकेका छन्  

मनोनीत भएका अध्यक्ष हरी सिटौला र सचिब शंकर पाण्डेलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बधाई र सुभकामना दिंएका छन् । सभापती केसीले महासंघले नुवाकोटबाट दुवै योग्य व्यक्तिको छनोट गरेकोमा धन्यवात समेत दिएका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video