राजनीति
Jun 09, 2020
यिनै हुन निर्देशीकानै संशोधन गराएर १ करोड ७२ लाखको गाडी किन्ने सभामुख, अख्तीयारले थाल्यो छानविन
काठमाण्डौं । जेष्ठ २७ । प्रदेश सरकारले बनाएको खर्च मापदण्ड तथा निर्देशिका बिपरीत गाडी खरीद गर्ने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका बिषयमा अख्तियारले छानबिन थालेको छ ।
कर्णाली प्रदेशले अधिकतम ७० लाख सम्मको गाडी खरिद गर्न सकिने निर्देशीका तयार गरेपनि कर्णाली प्रदेशको सभामुख सचिवालयले एक करोड ७२ लाखको गाडी खरिद गरेको थियो । देश कोरोनाको महामारीमा परिरहेको अवस्थामा करोडौंको गाडी खरीद गरेको भन्दै शाहीको चर्को बिरोध भएपछि अख्तियारले छानबिन थालेको बताइएको छ । 
गाडी खरीदको लागि तोकिएको ७० लाखको खर्च सिमा र अख्तियार लगायतको निकायबाट हुन सक्ने छानबिनबाट बच्न शाहीको कार्यालयले टेण्डर निकालेको ९ दिन पछि निर्देशीका संशोधन गरेको थियो । छानबिनबाट बच्नको लागि २०७६ मंसिर २० गते सभामुखको कार्यालयले गाडी खरिदका लागि टेन्डर सूचना निकाले २०७६ मंसिर २९ मा खर्च निर्देशिका संशोधन गरिएको थियो । 
यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालय मार्फत शाहीले खरीद गरिएको गाडीका बिषयमा छानबिन थालीएको छ । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रदेश सभा सचिवालयबाट गाडी खरिदसँग सम्बन्धित कागजात मागिएको पुष्टी गरे । 

 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video