प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द
समाज
Jun 08, 2020
अधिकांश क्वारेन्टिन कर्णाली राजमार्गको पहुँचमा
–विजय रावत जुम्लामा निर्माण भएका अधिकांश क्वारेन्टिन कर्णाली राजमार्गको पहुँचमा छन् । जिल्लाका आठवटै स्थानीय तहमा निर्माण भएका अधिकांश क्वारेन्टिन कर्णाली राजमार्गको पहुँचमा रहेको हो । जिल्लाको सिञ्जा क्षेत्रमा पर्ने तीन गाउँपालिकाका क्वारेन्टिन नाग्म–रारा मुगुजाने सकड छेउमा रहेको छ । ती सबै क्वारेन्टिन सामुदायिक विद्यालयदेखि सरकारी तथा गौरसरकारी कार्यालयको भवनमा निर्माण भएको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । 

जिल्लाका सबै स्थानीय तहलाई क्वारेन्टिन बनाउँदा जान र आउन सहजहोस् भनी सडकले छोएका स्थानमा क्वारेन्टिन बनाउन आग्रह गरिएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।  यहाँका सामुदायिक विद्यालयदेखि क्याम्पसमा क्वारेन्टिन बनाएर प्रयोगमा ल्याइएको छ । सामुदायिक भवन तथा अन्य संरचना नभएका कारण विद्यालय भवन क्वारेन्टिनमा परिणत भएका छन् ।

गाउँ गाउँका विद्यालयमा क्वारेन्टिन बनाउँदा बिरामीलाई जाँच गर्न र उपचारका लागि असहज हुने भएकाले सडकको पहुँच भएको ठाउँमा मात्र निर्माण भएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताउनुभयो । 

यहाँको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकाका १० वटा क्वारेन्टिन कर्णाली राजमार्गको पहुँचमा रहेको छ । ती सबै क्वारेन्टिन सामुदायिक विद्यालय तथा कलेजमा निर्माण भएका छन् । पातारासी गाउँपालिका र गुठीचौर गााउँपालिकाले ग्रामीण सडकको पहुँचमा रहेको स्थानमा क्वारेन्टिन बनाएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । 

उहाँले क्वारेन्टिनमा बसेका नागरिकलाई स्वास्थ्यमा केही समस्या आउनेबित्तिकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पु¥याउन सहज होस् भन्ने उद्देश्यले सडक पहुँच भएको स्थानमा क्वारेन्टिन बनाएको जानकारी दिनुभयो । 

जिल्लाभर ७८६ श्ययाको क्वारेन्टिन निर्माण भएको छ भने सो क्वारेन्टिनमा ७९० जना बसेका छन् । अहिलेसम्म १२ हजार ७७ जना क्वारेन्टिनबाट घर फिर्ता भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 

स्वदेशबाट भित्रिएकालाई अलग्गै क्वारेन्टिन

जुम्लाको तिला गाउँपालिकाले स्वदेशबाटै जिल्लामा भित्रिएकालाई बस्न अलग्गै क्वारेन्टिन निर्माण गरेको छ । भारतदेखि आएकाहरुलाई तीन स्थानमा र देशभित्रबाट आएकालाई एक ठाउँमा क्वारेन्टिन निर्माण गरेको छ । पछिल्लो समयमा भारतबाट भित्रिनेहरुमा कोरोना सङ्क्रमण देखिएपछि देशभित्रबाट आउनेलाई छुट्टै क्वारेन्टिन निर्माण गरिएको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । उहाँका अनुसार गाडीमा आउने हरेकलाई रारालिही प्रहरीचौकीले पहिचान गर्छ । स्वदेशको भए विद्यालयमा पठाउँछ । भारतबाट आउनेहरुलाई निकै जोखिममा रहेकाले नियमित स्वास्थ्य जाँच र पिसिआर परीक्षण गर्न सहजहोस् भनी सिधैसदरमुकाम खलङ्गामा रहेको जिल्लास्तरीय कर्णाली प्राविधिक शिक्षालयको  क्वारेन्टिनमा पठाउने गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

क्वारेन्टिन व्यवस्थापनका लागि कुनै कसुर बाँकी नराखेको वडाध्यक्ष कलीबहादुर रावतले बताउनुभयो । हाल १३ जना स्वदेशभित्रबाट गाउँ फर्केकाहरु बसेका छन् । भारतबाट आएकाहरु बढी सङ्क्रमित देखिएकाले स्वदेश तथा विदेशबाट फर्किनेका लागि छुट्टाछुट्टै क्वारेन्टिन निर्माण गरिएको वडाध्यक्ष रावतले बताउनुभयो ।

स्वदेशभित्रबाट आउने पनि एक्कासि भित्रिन थाले । आउनुपूर्व जानकारी दिँदैनन्, वडाध्यक्ष रावतले भन्नुभयो, “एक्कासि आउँदा व्यवस्थापनमा निकै समस्या हुने गरेको छ । तर स्थानीय युवाको साझेदारीमा क्वारेन्टिन व्यवस्थापन भइरहेको छ ।” क्वारेन्टिनमा बसेकाहरु पनि व्यवस्थापन सन्तोषजनक रहेको बताउँछन् । उनीहरु भन्छन्, “यो क्वारेन्टिनमा व्यवस्थापन, व्यवहार र सम्पर्क निकै सन्तोष नै छ ।” यहाँ भारतबाट भित्रिनेका लागि सरस्वती मावि कुडारी, भैरव आधारभूत विद्यालय त्रिवेणी र सीता मावि रारालिहीमा क्वारेन्टिन निर्माण गरिएको छ । सो क्वारेन्टिनमा २०० भन्दा बढी बसेका छन् ।

भारतबाट आउनेका लागि जिल्लास्तरीय क्वारेन्टिनसमेत निर्माण भएका छन् । अहिले सबै क्वारेन्टिनमा भारतबाट आएकाहरु नै बसेका छन् । यहाँका हरेक स्थानीय तहले भारतबाट आएका र स्वदेशबाट आएकाबीच फरक फरक क्वारेन्टिन निर्माण गरिएको छ ।
 
जेठ १९ गते भारतबाट आएकामध्ये १७ जनामा कोराना सङ्क्रमण देखिएपछि अलग्गै क्वारेन्टिन बनाउने कार्यमा स्थानीय तह जुटेका हुन् । स्वदेशबाट आउनेका लागि हरेक वडामा क्वारेन्टिन बनाइएका छन् । तर भारतबाट फर्केकाहरु जिल्लास्तरीय क्वारेन्टिनमा बसेका छन् । तिला गाउँपालिकाले स्वदेश र विदेशबाट आउनेका लागि छुट्टाछुट्टै क्वारेन्टिन बनाउनाका साथै आइसोलेशन बनाउनेसमेत तयारी थालेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताउनुभयो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video