राजनीति
Jun 03, 2020
गरीब, मजदूर र असहायप्रति संवेदनशील हुन राप्रपाको सरकारसँग आग्रह
काठमाडौँ,  जेठ २१ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्दाबन्दी भएको दुई महिना बितिसक्दा पनि सरकारले कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेको आरोप लगाएको छ राप्रपा अध्यक्षत्र पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले अज प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमणविरुद्ध व्यवस्थापकीय पक्षमा नेपाल सरकारको लापरवाही भएको जनाउँदै क्वारेन्टाइन र आइसोलेशनका व्यवस्थामा योजनाको अभाव र लापरवाही प्रवृत्तिले जनता पीडित भएको बताउनुभएको छ । कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन तथा निम्नआय भएका गरीब, ज्यालादारी मजदूर र असहाय जनताप्रति संवेदनशील हुन पार्टीले सरकारसँग आग्रह गरेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video