प्रमुख समाचार
Jun 02, 2020
वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा
हेटौँडा, जेठ  २० वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो । त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video