प्रमुख समाचार
Jun 01, 2020
एकै दिन २२६ सङक्रमित
काठमाडौँ, जेठ १९   कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । ती सङ्क्रमितमध्ये पुरुष २१३ जना र महिला १३ जना रहेका छन् । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो आइतबार १६६ जना, गत शनिबार १८९ जना र शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७९८ जनामा रोग देखिएको छ । तीमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video