प्रमुख समाचार
Jun 01, 2020
लकडाउनको समयमा पनि विकास निर्माणको काम निरन्तर
काठमाडौँ, जेठ १९ । सर्लाहीका स्थानीय निकायले लकडाउनको समयमा पनि विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा रकम विनियोजन भएका विकास निर्माणका काम धमाधम भइरहेका छन् ।

जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका छन् । उनीहरुले लकडाउनको समयमा पनि सामाजिक दूरी कायम राख्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोभिड–१९ विरुद्ध नेपाल सरकारले गत चैत ११ गते घोषणा गरेको लकडाउन जारी रहेको रहेको छ । नेपालकै सबैभन्दा बढी स्थानीय निकाय भएको जिल्लामा विकास निर्माण कार्यलाई लकडाउनले खासै प्रभाव पार्न सकेको छैन । 

पछिल्लो क्रममा आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाको सबैभन्दा धेरै रकम प्राप्त गर्ने लालबन्दी नगरपालिकामा १७ वटा वडा रहेका छन् । चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमको करिब ६० प्रतिशत काम सकिएको नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताउनुभयो । बन्दाबन्दीका कारण काम गर्न केही समस्या भएको भए पनि नगरमा ठेक्का प्रक्रियामार्फत गरिने काम निरन्तर भइरहेका छन् । 

लकडाउन जारी रहेको भए पनि नगरभित्रका विकासका काम निरन्तर हुँदा केही बेरोजगार तथा मजदुरलाई आफ्नो दैनिकी चलाउन सहज भइरहेको नगर प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले चालु आवमा साना तथा ठूला विकास निर्माणका कार्य प्राथमिकतामा परेका र त्यसको काम भइरहेका छन् । 
 
नगरपालिका–६ को राधाकृष्ण खेल मैदानमा रङ्गशाला निर्माण, फोहोरमैला व्यावस्थापनको रणनीतिक योजना निर्माण, नयाँ हाइटेन्सन लाइनमुनिको जग्गामा पोखरी निर्माण र लालबन्दी खसी तथा मासु बजार व्यवस्थापनको काम भने हुन सकेको छैन ।  हरेक वडामा जाने सडकको मर्मत तथा स्तरोन्नति, दृश्यावलोकन स्तम्भ निर्माणका लागि ठेक्का लगाउनेलगायतका काम निरन्तर भइरहेको नगर उपप्रमुख शान्तिकुमारी लामाले बताउनुभयो । नगरभित्र शिक्षा क्षेत्रको सुधार, बजार व्यवस्थापन, ढल निकास व्यवस्थापन, खेलकूद क्षेत्रको विकासका साथै नगरको आफ्नै भवन निर्माणको शिलान्याससमेत भएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video