प्रमुख समाचार
Jun 01, 2020
बाँकेको ठुरीयामा माइक्रोबस दुर्घटना १२ जनाको मृत्यु, २१ जना घाइते, ५ जनाको अवस्था गम्भीर
काठमाण्डौं । जेष्ठ १९ । भारतका बिभिन्न शहरबाट र्फकिएका युवाहरु चढेको माइक्रोबस दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज हुँदै सल्यान जान लागेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमारोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
बाँकेमा गाडी दुर्घटना, १२ जनाको ...
दुर्घटनामा परी ११ जनाको घटना स्थलमा र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटना आइतबार राति सवा १२ बजे भएको हो। दुर्घटनामा २२ जना घाइते भएका छन् ति मध्य ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक १२ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ। मृतकको नामावली संकलन भइसकेको छैन। भेरी अस्पतालको शव गृहमा शव राखिएको छ।
गाडीमा ३३ जना सवार थिए । श्रमगर्न भारत गएका उनिहरु भारतको चण्डीगढ र पञ्जाबबाट आएका थिए । दुर्घटना पछि माइक्रो ट्रक भित्रै पसेको थियो । प्रहरीले क्रेन ल्याएर ट्रकलाई सारेर घाइतेहरुको उद्धार गरेको थियो । 
बाँकेमा दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते - थाहा खबर
दुर्घटनामा गाडीका चालक र सहचालकको समेत ज्यान गएको छ । उनिहरुले अध्याधीक मादक पदार्थ सेवन गरेको बताइएको छ । गाडी अत्याधीक गतिमा कुदाईएको र चालकले समेत मदिरा सेवन गरेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घाइते र मृतकहरुको भने अहिले सम्म सनाखत भएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video