प्रमुख समाचार
May 31, 2020
सुरक्षाको जिम्मा सुरक्षा निकायलाई
बनेपा, १८ जेठ काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनमा ९९ जनालाई उपचार भइरहेको छ । भारतबाट नेपाली नागरिक आउने क्रम बढ्दै गएका कारण क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्दै गएको छ । शनिबारसम्ममा ८९ पुरुष र १० महिलालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । अहिले क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले क्वारेन्टिनको सुरक्षाका लागि तीनवटा सुरक्षा निकायलाई जिम्मा दिने निर्णयअनुरुप ती क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँका अनुसार बनेपा, धुलिखेल, पनौती र नमोबुद्ध नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकाको क्वारेन्टिनको सुरक्षाको जिम्मा धुलिखेलमा रहेको नेपाली सेनाको विष्णु दल गण, चौरीदेउराली, खानीखोला, महाभारत र तेमाल गाउँपालिकाको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकाको क्वारेन्टिनको सुरक्षा व्यवस्था सशस्त्र प्रहरी बल १५ नम्बर गण हेडक्वाटर पाँचखालले लिएकोे जनाइएको छ । क्वारेन्टिनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने काममा लागिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये ६ वटा नेपाली सेनालाई, तीनवटा सशस्त्र प्रहरी बललाई र चारवटा जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न जिम्मा दिएको हो । शुक्रबारसम्ममा भारतबाट काभ्रेपलाञ्चोक जिल्लामा ७२ जना नागरिक आइसकेको र उहाँहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा राखिएको छ । भारतबाट यस जिल्लामा करिब एक हजार १२५ जना नागरिक आउने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट आएका दुर्गम क्षेत्रका गाउँपालिकाका नागरिकको जिल्ला सदरमुकाममा नै पिसिआर परीक्षण गरेरमात्रै सम्बन्धित पालिका पठाउने र सुगमका नागरिकको भने सम्बन्धित गाउँपालिकाको क्वारेन्टिनमा नै पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको गत जेठ ९ गते बसेको बैठकले धुलिखेल र बनेपा नगरपालिकामा तीन÷तीन सय श्ययाको क्वारेन्टिन र अन्य पालिकामा एक÷एक सय श्ययाको आधारभूत सुविधासहितको क्वारेन्टिन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video