राजनीति
May 31, 2020
काँग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने
काठमाडौँ,  जेठ १८ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भई राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाध रुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहो¥याएको छ । त्यसका लागि सरकारले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले त्यसमा पार्टीको पूर्ण सहयोग र समर्थन रहने जानकारी दिनुभयो । सरकारले हालै जारी गरिएको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउनका लागि यही जेठ ९ गते संघीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७ ’ विधेयक दर्ता गराएको थियो । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video