प्रमुख समाचार
May 29, 2020
ट्रकबाट मदिरा नियन्त्रण
काठमाडौँ, जेठ १६ । प्रहरीले मदिरा बोकेको ट्रकलाई कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से१ख १३७० नंको सो ट्रक इलाका प्रहरी कार्यालय फल्टुडेले आज बिहान नियन्त्रणमा लिएको हो । सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको मूल्य रु एक लाख ८ हजार बराबरको छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाइछिपाइ लगिरहेका अवस्थामा मदिरा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । व्यवसायी तेजबहादुर बोहरा र चालक खगेन्द्र साउदलाई पक्राउ गरिएको निरीक्षक विश्वकर्माले बताउनुभयो । उनीहरुलाई आवश्यs कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको जनाइएको छ । प्रहरीले केही दिनअघि धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ट्रकसहित मदिरा बरामद गरेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video